काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ ।
बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि १५ वैशाखमा त्यहाँ उपनिर्वाचन गर्न लागिएको छ । नेकपा एमालेले नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार चयन गरेको छ ।
प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवारको नाम टुंग्याइसकेका छैनन् ।
प्रतिक्रिया