• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    समुद्री तटमा खसालिएको राहत सामग्री लिन खोज्दा गाजामा १८ जनाको मृत्यु

    1K
    SHARES

    गाजा । उत्तरी गाजामा राहत सामाग्री बाँड्ने क्रममा १८ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले यस्तो बताएको हो ।

    समुद्र किनारमा प्यारासुटबाट खसालिएको राहतको पोकाहरू खोज्ने क्रममा १२ जना डुबेका थिए । अन्य ६ जना चाँहि भागदौडका क्रममा थिचेर मरेको बताइएको छ ।

    एउटा विज्ञप्तिमा हवाई माध्यमबाट राहत सामाग्री खसाल्न तत्कालै बन्द गर्नु पर्ने माग उठिरहेको छ । सोमबार उत्तरी सहर बेत लाहियाको तटीय क्षेत्रमा प्यारासुटमार्फत राहत सामाग्री खसाल्ने बित्तिकै स्थानीयहरू दौडिएर त्यहाँ पुगेका थिए ।

    सोमबार एक टन बराबरका राहत सामग्री राखिएका १ सय ५९ ओटा पोकाहरू प्यारासुटबाट खसालिएको थियो । गाजामा बढ्दो खाद्य सङ्कटलाई हवाई माध्यमबाट यसरी वितरण गरिने राहत सामाग्रीले मेट्न नसक्ने चेतावनी मानव अधिकारीवादी संघसंस्थाहरूले दिइरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ