• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    आवश्यकताभन्दा बढी पानी पिउँदा के हुन्छ ?

    3.7K
    SHARES

    काठमाडौँ। पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो ।

    पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ । पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ र शरीर सुखाहुनबाट बाचाउने काम गर्छ ।

    मानिसलाई लाग्ने अधिकांश रोगको घर पेट नै हो । बिहान उठेर खाली पेटमा पानी पिउँदा स्वास्थ्यका लागि अझ बढी फाइदाजनक हुने जनरल फिजिसियन डाक्टर मनोज यादव भन्छन् । पानी शरीरका लागि अत्यावश्यक पेय पदार्थ हो । विभिन्न खाद्यपदार्थबाट पनि पानीको मात्रा पाइन्छ । तर, यतिले मात्र शरीरका लागि पानी पर्याप्त हुँदैन ।

    हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ । पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ । खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो ।

    सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ । तर यो एकै चोटी पिउनु हुँदैन । यसको लागि यही समय भन्ने पनि छैन । पिसाब पहेँले हुनु हुँदैन । पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ । यदी तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। यसको मतलब यो होइनकि तिर्खा लाग्नासाथ १ लिटर,२ लिटर पानी खाइहाल्नुपर्छ। धेरै पानी एकैचोटी पिएमा बमिट हुन सक्छ । पेट फुले जस्तो हुन्छ शरीरलाई असहज हुन्छ ।

    दिनमा यति पानी पिउने भनेर कुनै नियम छैन । मानिसको शारीरिक बनावटअनुसार पानीको आवश्यकता पर्छ । सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । मानसिक थकान वा तनाव हुँदा पनि छिनछिनमा पानी पिउने गर्छन् । तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन ।

    इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ । धेरै गर्मी छ शरीरमा पसीना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ।

    कस्ता व्यक्तिले पानी बढी पिउने

    किड्नीको बिरामीले भने पानीको मात्रा बढाउनुपर्छ । किड्नीको बिरामीले एक दिनमा कति पिसाब फेर्छ त्यो भन्दा पाँच सय एमएल बढी पानी पिउनुपर्छ । यस्ता बिरामीले डाक्टरको सल्लाहमा पानीको मात्रा मिलाउनुपर्छ।

    मधुमेहका बिरामीले पनि पानी धेरै खानुपर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम पानी खानुपर्छ । मधुमेहको मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ । पखाला लागेको बेलामा पानी यती नै मात्रामा खाने भन्ने हुँदैन । शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ। स्वच्छ पानीले नै हो पखला निको पार्ने । पखाला लागेको मान्छेको शरीरमा पानीको अभाब भएको कारण नै मृत्यु हुन्छ ।

    पानी कति बेला पिउने ?

    एक पटकमा कति पानी पिउने र कति कति बेला पिउने भन्ने जिज्ञासा पनि लाग्न सक्छ । एक पटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ । बढी पिएमा दुई गिलाससम्म पिउन सकिन्छ । पानी उठ्ने बित्तीकै पिएको राम्रो हो । सामान्यत सबैले बिहान उठ्नसाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ग्याष्ट्रिकको समस्या हुनेले अनिवार्य जस्तै हो । राति पानी पिउँदा केही बिग्रिदैन । तर, पिसाबको समस्या हुनेले नपिएको राम्रो हो ।

    खाना खाने समयमा पानी नखाएकोनै राम्रो हो । शरीरको तौल घटाउन चाहनेहरुले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक दुई गिलास पानी पिउँदा राम्रो हुन्छ । पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ ।

    खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रुच्दैन त्यसैले पानी पिउँनु हुँदैन भनिएको हो तर पिउन नै नहुने त्यस्तो कुनै कारण भने छैन ।

    पानी कुन समयमा खाने भन्ने केही छैन । तिर्खा लागेको समयमा पिउन सकिन्छ । एकैचोटी धेरै पानी पिउन भने हुँदैन । पानी कति पिउने भन्ने कुरा आफू बसेको ठाउँको हावापानीले पनि फरक पार्छ ।

    पानीको मात्रा बढी भयो भने मष्तिष्कको लागि पनि राम्रो हुन्छ । पानीको अभाब भयो भने मान्छे थकित हुने काम गर्न जाँगर नहुने हुन्छ । रक्सी खानुभन्दा पहिला कम्तीमा आधा लिटर पानी खायो भने त्यसको असर कम हुन्छ । भोलिपल्ट ह्याङ पनि कम हुन्छ ।

    पानीको कारण टाउको दुःखेको कम हुन्छ। पाचन प्रक्रियामा समेत पानीले सहयोग गर्छ । कब्जीयत हुन नदिने, शरीरको तौल घटाउनका लागि पानी अति उपयोगी हुन्छ।

    पानी धेरै खाएमा किड्नीले फिल्टर गर्न समस्या आउन सक्छ । एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउदा शरीरलाई हानी गर्देन । तर, पानी सफा हुनुपर्छ।

    पानी तातो चिसो भएर केही फरक पर्देन तर पानी सफा भने हुनुपर्छ । एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउँनु हुँदैन । पानीमा आइस हालेर पिउनु राम्रो मानिदैन ।

    यती उमेर समूहले यती पानी पिउने भन्ने केही पनि छै न। पानी सफा हुनुपर्‍यो सकेसम्म उमालेर फिल्टर गरियो भने त्यो धेरै राम्रो हुन्छ । खुट्टा सुनिने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउँनु हुँदैन। यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ।

    आवश्यकताभन्दा बढी पानी पिउँदा के हुन्छ ?

    दैनिक ८ गिलास पानी खाने उद्देश्य राखेका हामीलाई त्यसले केही हानी गरिरहेको छैन । तर हाम्रो शरीरले खोजेभन्दा धेरै पानी पिउनुपर्छ भन्ने कुरा कहिलेकाहीँ खतरनाक हुनसक्छ ।

    धेरै तरल पदार्थ खपत गर्दा त्यो गम्भीर बनिदिन सक्छ जब त्यसले रगतमा भएको सोडियमलाई पातलो गराइदिन्छ । त्यसले रगतमा भएको सोडियमको मात्रा सन्तुलन गर्न खोज्दा दिमाग र फोक्सो सुनिने गर्छ ।

    गएको दशकभरिमा कम्तीमा १५ खेलाडीहरूको खेलका क्रममा पानीको धेरै खपतका कारण ज्यान गएको किप्सलाई थाहा छ।

    पानीको तीर्खाबारे हामीले नबुझ्दा त्यसो भएको उनी शङ्का गर्छिन्। डिहाइड्रेशन नहोस् भन्नका लागि हामी हाम्रो शरीरले मागेभन्दा धेरै पानी पिउने उनी ठान्छिन्।

    “अस्पतालमा नर्स र डाक्टरहरूले थुप्रै दिनदेखि पानी पिउन नसकेका गम्भीर अवस्थाका बिरामीहरूमा पानीको मात्रा चरम रूपमा कम भएको देख्छन्, तर यी भन्दा खेलका क्रममा मानिसमा देखिने पानीको कमी भनेको एकदमै फरक हो,” उनले भनिन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ