• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    साँफेबगर नगरपालिकाले क्रिकेटमा विश्व रेकर्ड कायम गर्ने दीपेन्द्रलाई ७५ हजार दिने

    1.3K
    SHARES

    अछाम । अछामको साँफेबगर नगरपालिकाले क्रिकेट खेलमा विश्व कृतिमान राखेका क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ७५ हजार दिने भएको छ ।

    चीनमा सम्पन्न एसियाली खेलकुद अन्तर्गत विश्व कृतिमान राखेका क्रिकेटर दीपेन्द्रलाई एक कार्यक्रममा साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले ७५ हजार दिने घोषणा गरेका छन् । खेलकुदबाट देशको नाम विश्वमा चिनाउने काम गरेको उनलाई नगद दिने घोषणा गरेको नगर प्रमुख कुँवरले बताए  ।

    नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

    यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अङ्कित थियो। भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ