• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    नेप्से परिसूचक २२ अंकले बढ्यो, २ अर्ब ९२ करोडको कारोबार

    2.8K
    SHARES



    काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेले २२ अंकमाथिको वृद्धि हुँदै सुखद शुरुवात गरेको छ । त्यसो अघिल्लो हप्तादेखि नै उकालो लाग्न थालेको नेप्से सूचक आज २२.१० अंकले बढ्दै २ हजार ५२.६५ अंकमा उक्लिएको हो ।

    आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२६ अंकले बढ्दै ३ सय ६४.५३ अंकमा उक्लिएको छ । २२ अंकमाथिले नेप्से बढेको यसदिन २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ माथिको ७० लाख ४३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

    आज हाइड्रोपावर समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज ४.२१ प्रतिशतले बढेको छ भने अरु समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् । तर हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१२ प्रतिशतले घट्न पुगेको छ ।

    आज वीयन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने चिरखायु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ