• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेताहरुले हिनामिना गरेको ऋण तिर्न पेरिसडाँडा बेच्न खोज्दा पार्टीभित्र खैलाबैला, के भन्छन् प्रचण्ड ?

    56.4K
    SHARES



    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको जग्गा बिक्री गर्ने विषयबाट सिर्जना भएको विवाद उत्कर्षमा पुगेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडले २०६८ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको ५ करोड २९ लाख ऋण समयमै भुक्तानी नगर्दा केन्द्रीय कार्यालयसँगै रहेको जग्गा बेच्ने विषयबाट शुरू भएको विवाद पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पुगेको छ।

    अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतका सबै पेसागत घटकका केन्द्रीय समितिका पदाधिकारीको संयुक्त बैठकले पेरिसडाँडा बचाउ अभियान शुरू गरेका छन्। २१ आना पेरिसडाँडाको जग्गा कुनै पनि हालतमा बेच्न दिन नहुने पक्षमा अभियान शुरू भएपछि तत्कालका लागि जग्गा बिक्री हुनबाट भने रोकिने भएको छ।

    पटक–पटक महासंघका उपाध्यक्ष उषा देवकोटा, धनबहादुर विकको उपस्थितिमा पेरिसडाँडाको जग्गा बेचेर युवा स्वरोजगार लगायतको ऋण तिर्न गृहकार्य अगाडि बढाइएको थियो। तर महासंघकै नेता कार्यकर्ताहरूले पेरिसडाँडा बेच्ने अभियानप्रति खरबदारी गर्दै पेरिसडाँडा बचाउ अभियान सुरु गरेका छन्।

    मजदुर शहीद स्मृति उपभोक्ता सहकारीसँग २०६८ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यालयबाट लिएको ५ करोड ऋण भुक्तानी नगर्दा उक्त सहकारीका अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष उषा देवकोटा र धनबहादुर विकले २१ आना जग्गा बेच्ने प्रक्रिया अगाडि बढाएका थिए।

    सहकारीका अध्यक्ष तथा महासंघका अध्यक्ष गणेश रेग्मीले स्वरोजगारको ऋण तिर्नका लागि भनेर पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष रेग्मी, उपाध्यक्ष जय कार्की तथा पूर्वउपाध्यक्ष बाबुराम गौतमको नाममा रहेको २१ आना जग्गा बेच्न खोजेपछि महासंघमा विवाद शुरू भएको थियो।

    अखिल नेपाल ट्रेड युनियन महासंघका करिब २ सय ७३ कार्यकर्तालाई विभिन्न समूहमा लिएको ऋण केही नेताले दुरूपयोग गर्दै सयौं कार्यकर्ता अन्योलमा परेका छन्। ऋण लिएर पनि समयमा नतिर्नेलाई कोष कालोसूचीमा राख्ने बेहोरासहितको सूचना प्रकाशित गर्ने तयारीमा रहेको छ।

    मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिले स्वरोजगार कोषको ऋण प्रवाह गर्दा २५–२५ जनाको समूह बनाई समूहका प्रमुखको नाममा ऋण प्रवाह गरेको थियो। यसरी बनेका समूह प्रमुखले समयमा नै सहकारीमा बुझाउनुपर्ने सावाँ तथा ब्याज भुक्तानी नगर्दा झन्डै २ सय ७३ भन्दा बढी महासंघका सदस्य कालोसूचीको पर्खाइमा बसिरहेका छन्।

    सहकारीले सञ्चालन गरेको खाद्यान्न पसलबाट सहकारीका अध्यक्ष रेग्मीले आफ्ना निकट कार्यकर्तालाई खाद्य सामग्री उधारोमा बिक्री गर्ने गरेको र समयमै उधारो उठाउन पहल नगर्दा सहकारी टाट पल्टिएको गुनासो पीडित कार्यकर्ताले गरेका छन्।

    अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष विकले कोषको झन्डै ४० लाख र खाद्यान्न पसलको ९ लाख २८ हजार नतिरेको आरोप लागेको छ। अर्का उपाध्यक्ष उषा देवकोटाको नाममा युवा स्वरोजगार कोषको झन्डै ६८ लाख ऋण रहेको छ। महासंघका पूर्वउपाध्यक्ष बाबुराम गौतमको नाममा स्वरोजगार कोषको ४५ लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ।

    ठूलो रकम हिनामिना भएको देखिएपछि ट्रेड युनियनका पदाधिकारीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित आफ्नै निवासमा बोलाएर पेरिसडाँडा बचाउ अभियान शुरु गरेकोप्रति धन्यवाद दिएका छन्।

    प्रचण्डले जग्गा नबेच्ने, बैंकमा रहेको ऋण पार्टीले जिम्मा नलिने र युवा स्वरोजगारबाट ऋण लिएर हिनामिना गरेको ५ करोड २९ लाख सम्बन्धित समूहका प्रमुखले तिर्नुपर्ने बताए। उनले निर्दाेष २ सय ७३ जना मजदुरलाई कालोसूचीमा नराख्न पदाधिकारीलाई निर्देशन दिए। नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ