• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    १६ राज्यमा भएको प्राइमरी मतदानमा बाइडेन र ट्रम्पको दबदबा

    1.4K
    SHARES



    काठमाडौँ । नोभेम्बरमा अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेन एक आपसमा भिड्ने निश्चित भएको छ । मंगलबार अमेरिकाका १६ राज्यमा भएको प्राइमरी मतदानमा रिपब्लिकन दलमा ट्रम्प र डेमोक्रेटमा बाइडेनको दबदबा थियो ।

    पछिल्लो नतिजाले नोभेम्बरमा सन् २०२० को झैं ट्रम्प र बाइडेनबीच दोस्रो कार्यकालका लागि कडा टक्कर हुने देखिएको छ । आगामी चुनावी अभियानका लागि मंगलबार सबैभन्दा महत्वपूर्ण दिन थियो । ट्रम्पले ९ सय ६१ डेलिगेटको समर्थन पाएका छन् भने बाइडेनले १ हजार ५ सय १ समर्थन जुटाएका छन् ।

    रिपब्लिकनको उम्मेदवार बन्न २ हजार ४२९ मध्ये १ हजार २१५ डेलिगेटको समर्थन जुटाउनु पर्नेछ । डेमोक्रेटको उम्मेदवार चुनिन ३ हजार ९३४ मध्ये १ हजार ९६८ डेलिगेटको समर्थन चाहिन्छ ।

    गएको निर्वाचनमा हार बेहोरेपछि ट्रम्पको दोस्रो कार्यकालको सपना तुहिएको थियो । ट्रम्पको कमब्याक अमेरिकाको राजनीतिको इतिहासमा सबैभन्दा आश्चर्यजनक कमब्याक हुनेछ ।

    मंगलबारको प्राइमरीमा ट्रम्पले भर्जिनिया, नर्थ क्यारोलिना, ओकलाहोमा, टेनेसी, मैन, टेक्सस, अलस्का, अर्कान्सास, अलाबामा, कोलोराडो, मिनेसोटो, म्यासाचुशेट्स र क्यालिफोनिर्याको रिपब्लिकन प्राइमरी जितेका छन् ।

    हरेक ठुला राज्यमा प्राइमरीको नतिजा ट्रम्पको पक्षमा आउनुले उनलाई निर्वाचनको झन झन नजिक पुर्‍याइरहेको छ । ट्रम्पको जितपछि बाइडेनले समर्थकहरुलाई सम्बोधन गर्दै अगाडि बढिरहने कि ट्रम्पलाई अस्तव्यस्त, विभाजन र अन्धकारमा पुनः अमेरिकीहरुलाई धकेल्न दिने भन्ने प्रश्न गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ