• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चितवन घटना- १४ वर्षीया शालिनको सुसाइड नोट भेटियो

    17.2K
    SHARES

    काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी शालिन पोखरेलको सुसाइड नोट भेटिएको प्रहरीले दावी गरेको छ । घटनाको अनुसन्धानमा खटिएका अधिकृतहरुले शालिनले छाडेको सुसाइड नोट फेला पारेको बताएका छन् ।

    अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नोटमा उनले लेखेकी छन्,‘सरी एभ्रिबडी, सरी ममि ड्याड । ’प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गर्दै छ । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका-१५ स्थित माधवपुरमा बस्थिन् । कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

    घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका-१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् ।

    उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताएका छन् ।

    शालिन दुई वर्षदेखी सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध विच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । फागुन १२ गते पंखामा झुण्डिएको अवस्थामा प्रहरीले उनको  शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

    उनको शव पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । अनुसन्धान अधिकृतहरु अहिले उनको शव पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । डीएसपी भण्डारी भन्छन्,‘पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ