• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    राहत सामग्री कुरेका प्यालेस्टाइनीमाथि हमला, १ सय भन्दा बढीको मृत्यु

    2.4K
    SHARES



    काठमाडौं । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले राहत कुरिरहेका नागरिक मारिएको उल्लेख गरेको छ ।

    प्यालेस्टिनी मिडियालाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले इजरायली सेनाले भीडमाथि गोली चलाउँदा २ सय ५० भन्दा बढी प्यालेस्टाइनी घाइते पनि भएको बताएको छ ।

    मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

    प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

    बीबीसीका अनुसार इजरायली सेनाको एक स्रोतले सैनिकहरूले आफ्नो ज्यान खतरामा परेको महसुस गरेकाले गोली चलाएको बताएको छ ।

    यद्यपि, इजरायली सेनाले जारी गरेको आधिकारिक सन्देशमा ट्रकले किचेर दर्जनौं मानिसको ज्यान गएको बताइएको छ ।

    बीबीसीले गाजामा रहेका एक पत्रकारको हवाला दिंदै मानिसहरू सहायता सामग्री संकलन गर्न आएका बेला इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाएको बताएको छ ।

    सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा मृतकको शव राहत सामग्री बोकेका खाली ट्रक र गाडामा राखिएको देखाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ