• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रदेशसभा उपनिर्वाचनमा रास्वपाले भाग नलिने

    2.6K
    SHARES



    काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने भएको छ । आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश (१)को उपनिर्वाचनमा रास्वपाले भाग नलिने भएको हो ।

    निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा-२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ । एमालेबाट इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।

    बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि खाली र्हकोको छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो ।

    प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम केन्द्रित भएको रास्वपाले बझाङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री मुकुल ढकालले बताए । उनले भने, ‘२०७९ को निर्वाचनमा प्रदेशको वर्तमान संरचनाप्रति विमति जनाएर हामीले उम्मेदवारी दिएनौं । उपनिर्वाचनमा पनि रास्वजपाले उम्मेदवारी दिँदैन ।’ प्रदेशसभाबारे नयाँ निर्णय नलिएसम्म रास्वपाले उम्मेदवारी नदिने महामन्त्री ढकालको भनाइ छ ।

    ‘२०८४ मा के गर्ने भन्ने विषय पार्टीमा छलफल भएपछि एउटा निर्णयमा पुग्छौँ । अहिले उपनिर्वाचनमा सहभागी नहुने नै कुरा छ । एउटा सिटमा उम्मेदवारी दिएर के अर्थ भन्ने छ,’ उनले भने ।

    रास्वपाले प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेको इलाम २ मा आफूलाई केन्द्रित गरेको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम पठाएको छ भने आज रास्वपाका ७ जना सांसद इलाम जाँदैछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ