• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा राखिँदै

    1.8K
    SHARES



    काठमाण्डौ। वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

    आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनि १९९९ साल असोज १६ मा धनकुटामा जन्मिनुभएको हो । आचार्यको परिवार धनकुटाबाट भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो ।

    जम्मा १६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय भक्तराज आचार्यका झण्डै साढे चार सय गीत रेकर्ड भएका छन् । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायतका गीतमा उनको आवाज गुन्जिन्छ ।

    ‘भजन शिरोमणि’ उपाधि पाएका उहाँका भजनदेखि आधुनिक, गजल, राष्ट्रिय, बालगीतलगायत छन् । २०४६ साल मङ्सिरमा बौद्धको एक रेष्टुरेन्ट नजिक उहाँ आक्रमणमा पर्नु भएको थियो ।

    टाउकोमा गहिरो चोट लागेका उनको वीर अस्पतालमा उपचार गरिएको थियो । पछि २०४९ सालमा क्यान्सर देखियो । क्यान्सरका कारण उनको जिब्रो काट्नुपरेको थियो । त्यसपछि उनले गाउन र राम्रोसँग बोल्न सकेनन् । आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ