• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालकुमारी घटनाबारे सुझाव दिन २ सदस्यीय समिति गठन

    2.5K
    SHARES



    काठमाडौँ । सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनका लागि सुझाव दिन २ मन्त्रीलाई जिम्मा दिएको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न दुई मन्त्रीलाई जिम्मा दिएको हो ।

    समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनरााज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराएकी छन् ।

    यस्तै, नेकपा एकीकृत समाजवादीले ४ दलीय समाजवादी मोर्चामा एमालेलाई पनि ल्याउन संवाद गर्न सकिने बताएको छ । शनिबार बसेको मोर्चाको बैठकले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको थियो ।

    त्यही प्रसंगमा नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले पत्र लेख्ने कुरा गरेका छैनौं । अनौपचारिक छलफल सुरु भएको छ । सबैसँग छलफल सुरु गर्ने र मोर्चालाई बृहत बनाउन प्रयास गर्ने हाम्रो मूल नीतिअन्तर्गत पर्छ, एमालेसँग पनि संवाद गर्न सकिन्छ ।’

    नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मोर्चामा आवद्ध छन् । मोर्चाको नेतृत्व अहिले नेकपाका महासचिव विप्लवले सम्हालेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ