• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कनेक्ट आईपीएस मार्फत राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले चोरे ग्राहकको १ करो बढी रकम रुपैयाँ

    0.9K
    SHARES



    काठमाडौं । कनेक्ट आईपीएसमार्फत राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ बढी चोरी गरेको आरोपमा बैंकका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंक वीरगन्ज, पोखरिया शाखामा कनिष्ठ सहायक भूमिकामा कार्यरत रोहितकुमार ओझा रहेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी हाेविन्द्र बोगटीले ओझालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकारी दिए । “लामो समयसम्म ग्राहकको खाताबाट कारोबार नभएको देखेपछि ओझाले त्यसबाट रकम निकाल्ने योजना बनाएका रहेछन्,” एसपी बोगटीले भने, “उनले २१ पटक गरी ती ग्राहकको अकाउन्टबाट १ करोड ३७ लाख रुपैयाँ ट्रान्सफर गरेको देखिएको छ ।”

    रोजगारीका लागि दक्षिण कोरिया गएका ती युवा (बैंकका ग्राहक)ले आफूले कमाएको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्दै आएका थिए । पीडित युवाकी भाउजू बैंकमा रकम के कति छ भन्ने बुझ्न आउँदा रकम सोचेको भन्दा निकै कम देखेपछि यो घटना सतहमा आएको बोगटीले सुनाए ।

    एसपी बोगटीका अनुसार ती कर्मचारीले करिब पाँच महिनाअघि नगद मौज्दात हेर्ने क्रममा ती ग्राहकको खातामा दुई करोडभन्दा बढी रकम भएको देखेका थिए । त्यसपछि त्यहीबाट रकम निकाल्ने योजना बनाएका ओझाले बैंकमा रहेकाे ग्राहकको नागरिकताको फोटोकपी निकाले ।

    त्यसैको आधारमा वीरगञ्ज पोखरियामा रहेको टेलिकमको शाखामा सिम हराएको भन्दै निवेदन दिएर ती ग्राहकको नाममा भएको सिमको नक्कली सिम निकाले ।

    “त्यही सिमबाट कनेक्ट आईपीएसको अकाउन्ट बनाएका रहेछन्,” उनले भने, “त्यसरी नम्बर नै पाएपछि कनेक्ट आईपीएस र बैंक अकाउन्टको सिमबाटै रिसेट गर्न मिल्यो । पहुँच पाएपछि ठूलो सङ्ख्यामा रकम निकालेको देखियो ।”

    उनीमाथि नेपाल राष्ट्र बैंकअनुसार बैंकिङ कसुर मुद्दामा कारवाही अगाडि बढाइएको छ । यसरी फोटोकपीको भरमा अरूको नाममा भएको सिम निकाल्न मिल्ने भएपछि यस्ता किसिमका घटना बढेको उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ