• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य समाचार

    अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक

    7.8K
    SHARES

    काठमाडौं । सागर रिमालको अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक समारोहकाविच उक्त्त गजल संग्रह सार्वजनिक भएको हो ।

    प्रतिनिधि सभाका सदस्य सन्तोष परियार, साहित्यकार ओम रिजाल, पूर्ण रावल लगायतले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सदस्य परियारले अछामी भाषाको गजल संग्रह नेपाली साहित्यमा स्थापित गजल संग्रह होस भन्ने कामना गरेका छन् ।

    उनले साहित्यलाई राजनीतिसंगै जोडेर अघि बढाउनुपर्नेमा जोड दिए । साहित्यकार रावलले गजल संग्रह नेपाली साहित्य क्षेत्रमा महत्वपुर्ण गजल संग्रहका रुपमा स्थापित हुने पनि बताए । साहित्यकार रिजालले पिडा, प्रेम, कुण्ठा, रिसको ओटालोका रुपमा आएको बताए ।

    अछामी भाषामा लेखिएको गजल संग्रह ओटालोको प्रकाशन कुईकाले मिडिया प्रालीमार्फत भएको हो । सुदूरपश्चिम प्रदेश अन्तरगत अछामको ढकारी गाउपालिका २ हिच्मामा जन्मिएका गजलकार रिमाल अहिले संघीय राजधानी काठमाडौंमा बसेर पढाइ संगसंगै विद्यार्थी राजनीतिक गर्दै आएका छन् भने साहित्यमा कलम पनि चलाउदै आएका छन् ।

    गजलकार रिमालका अनुसार गजल संग्रहमा अछामी भाषाका ६७ वटा गजल समेटिएका छन् । खासगरी गजलमा गजलकार रिमालले हजुरआमालाई विशेष रुपमा स्मरण गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ