• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल टेलिकमका केबुल तार चोरी गर्ने ३ जना पक्राउ

    2.5K
    SHARES



    काठमाडौं । नेपाल टेलिकमको केबुल तार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा कास्कीका २९ वर्षीय रमेश सार्की, २१ वर्षीय विजय नेपाली र भारत मोतिहारी जिल्ला स्थायी घर भई हाल कास्की बस्दै आएका ३३ वर्षीय फिरोज आलम रहेका छन् ।

    प्रहरीका अनुसार ८ फागुनमा पोखरा महानगरपालिकाको विभिन्न स्थानमा रहेका नेपाल टेलिकमको केबुल तार चोरी भएको भन्ने सूचना प्राप्त भएको थियो ।

    त्यसै आधारमा खटिएको प्रहरी टोलीले सोही दिन आरोपित तीन जनाको साथबाट तार बरामद गरेको हो । उनीहरूबाट ३५ मिटर तार र १९ किलो ९ सय ५० ग्राम (पगालेर) राखेको तयारी तामाको तार बरामद गरिएको प्रहरीले जनाएको छ ।

    आरोपित तीनै जनामाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ