• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अग्रज नेताहरू मिले गरिबी अन्त्य हुन्छ- मन्त्री किराँती

    1K
    SHARES



    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अग्रज नेताहरू मिले मुलुकको गरिबी अन्त्य हुने बताएका छन् ।

    काठमाडौंमा शनिबार आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेताहरूले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिबी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

    ‘अग्रज नेताहरू, तपाईहरूले मिलेरै राजा फालेको हो । निरंकुशताको अन्त्य गरेको हो । तपाईहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस्,’ मन्त्री किराँतीले आग्रह गर्दै भने, ‘तपाईहरूलाई कति हामीले बोक्नुपर्ने हो, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौं ।’

    मुलुकमा सुशासन र गरिवीको पक्षमा काम गर्न अग्रज नेताहरूलाई सक्दो साथ दिने प्रतिवद्धता उनको थियो । मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरू पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि दोहोर्याए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ