• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन- मन्त्री राई

    1.4K
    SHARES



    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।

    शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राईले अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताएका हुन् ।

    उनले सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताए ।

    उनले भने, ‘हामीले निर्यात गर्न नसकौँला तर आयात मात्रै प्रतिस्थापन गर्‍यौँ भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ । यो खालि सरकारमा बसेका दुई चार जना मन्त्रीले मात्रै सोचेर हुने कुरा होइन । राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ । उद्योगमुखी दिशामा लैजानुपर्छ । श्रममुखी दिशामा लैजानुपर्छ । अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन । मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो ५/७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, ३ करोड नेपालीका ६ करोड हातहरू संयमित रूपमा क्रियाशील हुनुपर्छ ।’

    मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने पनि उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ