• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी

    1.6K
    SHARES



    काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

    काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ ।

    प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । ‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो ।

    काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले पनि शिशुको खोजी भइरहेको बताएका छन् । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार, पीडित महिला ओपीडी जाँचको लागि अस्पताल पुगेकी थिइन् ।

    ‘पार्किङ क्षेत्रमा चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिन भन्दै रिपोर्ट लिन जानु भएको रहेछ,’ डा. अधिकारीले भने, ‘ तर आउँदा महिला हिँडिसक्नुभएको रहेछ ।’

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ