• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ८ लाख धरौटीमा छुटेकै दिन पुनः पक्राउ परे वडाध्यक्ष सुवेदी

    8.2K
    SHARES

    पोखरा । मित्रमिलन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीमा धरौटीमा छुटेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई व्यक्तिगत ठगीको आरोपमा पक्राउ गरेको हो । कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य लामाले व्यक्तिगत ठगीको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ पुर्जी जारी भएपछि फरार भएको वडाध्यक्ष सुवेदी मङ्गलवार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए ।

    कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ