• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अध्यक्ष ओलीले सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्यहरूको मोबाइलमा पटक पटक घण्टी बजेपछि…

    2.7K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठककै क्रममा केन्द्रीय सदस्यहरूलाई झपारेका छन् ।

    केन्द्रीय समिति बैठकमा ओलीले सम्बोधन गर्ने क्रममा सहभागी केन्द्रीय सदस्यहरूको मोबाइलमा पटक पटक घण्टी बजेपछि अनुशासन कायम नगरेको भन्दै झपारेका उनले हुन् ।

    ‘मैले साथीहरूलाई यसअघि स्वीच अफमा राख्न आग्रह गरेको छु । किन मोबाइल एक छिन नहुँदा केही हुन्छ र ?’, ओलीले बैठकमा भने, ‘मसँग मोबाइल छैन त, चलेकै छ ।

    कराउन दिने हो मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि ?’ उनले बैठकमा अनुशासन कायम नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

    ‘बैठकमा मोबाइल साइलेन्स मोडमा राख्नुस् या स्वीच अफ गर्नुस्’, उनले भने, ‘हामी सबैले बैठकमा एउटा अनुशासन त राख्नुपर्छ । फोन आइराख्ने, उठाइराख्ने अनि हेलो के छ भन्दै गर्ने हो भने के हुन्छ ?’

    यो कार्यलाई रोक्न भन्दै ओलीले दुई पटकसम्म केन्द्रीय सदस्यलाई च्यासलमा आयोजित बैठकमा सचेत गराएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ