• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    छोरा- छोरीको हत्यापछि रविना घरको तेस्रो तलाबाट हाम फालेको प्रहरीको निष्कर्ष

    3.3K
    SHARES



    काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोलस्थित ओचुहाइटमा शनिवार रविना महर्जन घरको तेस्रो तलाबाट हाम फालिन् ।

    प्रहरीले उनको उद्धार गरेर घरभित्र जाँदा २ जना बच्चाबच्ची पनि अचेत अवस्थामा भेटिए । तीनै जनालाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएपनि चिकित्सकहरूले मृत घोषणा गरे ।

    रविनाले हाम फालेर आत्महत्याको बाटो रोजेको घर उनको आफ्नै हो । ३६ वर्षीया रविनाले २ जना नाबालकको हत्या गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनका ६ वर्षीय छोरा अश्वेत र २ वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका हुन् ।

    रविनाले बच्चाहरूको हत्या गरेर आत्महत्या रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले बताए । कार्कीले भने, ‘हत्यापछि आत्महत्या गरेको हुनसक्छ तर, पोस्टमार्टम रिपोर्ट आएपछि यकिन कारण थाहा हुन्छ ।’

    आमा र छोराछोरीको शव पाटन अस्पतालमा पोस्टमार्टम गरिँदै छ । पोस्टमार्टममा संलग्न चिकित्सकहरूले अनुसन्धान अधिकृतहरूलाई ‘श्वास बन्द भएर’ दुई नाबालकको मृत्यु भएको जानकारी दिएका छन् । तर, पूर्ण रिपोर्ट भने आएको छैन ।

    नाबालकहरूको मुखमा केही खाएको जस्तोपनि देखिएको छ । त्यसबारे पोस्टमार्टम रिपोर्ट कुरिरहेको एसपी कार्कीले बताएका छन् । घटना हुँदा घरमा रविनाको सासू मात्रै रहेकी थिइन् । उनी शारीरिक रूपमा अशक्त पनि थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया