• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोपमा मुख्यमन्त्री पक्राउ

4.3K
SHARES



काठमाडौँ। झारखण्डका मुख्यमन्त्री हेमन्त सुरेन पक्राउ परेका छन् ।

भारतको सुशासनसँग सम्बन्धित प्रवर्तन निर्देशनालय (ईडी)ले बुधबार मुख्यमन्त्री सुरेनलाई पक्राउ गरेको हो ।

सरकारी जग्गा व्यक्तिको नाउँमा पुर्‍याउन भूमाफियालाई साथ दिएको आरोपमा उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

पक्राउ पर्नुअघि बुधबार नै उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि चम्पाई सोरेन झारखण्डका मुख्यमन्त्री नियुक्त भएका छन् ।

एनडिटिभीका अनुसार इडीका अधिकारीहरूले दिल्लीस्थित हेमन्त सोरेनको घरबाट ३६ लाख र बिएमडब्लुकार बरामद गरेको  छ। उनको घरबाट विभिन्न दस्तावेजहरूसमेत बरामद भएपछि उनलाई पक्राउ गरिएको एनडिटिभीले जनाएको छ ।

पक्राउपछि उनलाई ७ घन्टा सोधपुछ गरेको थियो । यस प्रकरणमा ६ सय करोड घोटाला भएको त्यसमा १४ जना यसअघि नै पक्राउ परिसकेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ