• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मध्यपहाडी लोकमार्ग पुनर्रेखाङ्कन गर्न माग

    4K
    SHARES



    काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) को पुनर्रेखाङ्कन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरुमा अनावश्यक घुमाउरो बनाइएको र वस्ती नै नभएका स्थानमा पनि बाटो खनिएको भन्दै एमालेले त्यसको टेक्निकल अडिट गर्न सरकारको ध्यानाकर्षण गराएको गराएको हो ।

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्गको इन्जिनियरिङ, अलाइनमेन्ट र ढाँचामा ‘थुप्रै सुधार गर्नुपर्ने’ भनिएको छ ।

    तर ‘१ हजार ८ सय ७९ किलोमिटर लम्बाइ राष्ट्रिय राजमार्गको दृष्टिले उपयुक्त नरहेको निष्कर्षका साथ यसको टेक्निकल अडिट गर्न, आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन गर्न, आवश्यक स्थानमा सुरुङ र भायाडक्ट (अग्ला पुल) प्रयोग गरी यसको समय र दुरी छोट्याउन,’ एमालेले माग गरेको छ ।

    साथै ट्र्याक खोल्न बाँकी ठाउँमा तत्काल ठेक्का लगाउन एवं काम अलपत्र पार्ने ठेकेदारहरुमाथि आवश्यक कार्बाही अगाडि बढाउन पनि एमालेले सरकारसँग माग गरेको छ ।

    पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म फैलिएको मध्यपहाडी लोकमार्गको पूर्वपश्चिम लम्बाइ १ हजार ८७९ किलोमिटर छ । यही लोकमार्गलाई केन्द्रित गरेर एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म ‘संकल्प यात्रा’ अभियान चलाएको थियो ।

    सो अभियानको क्रममा स्थानीयबाट संकलित माग तथा सुझावलाई समेटेर एमालेले आज प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ