• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    शेयर बजार साढे २५ अङ्कले घट्याे, कतिको भयो कारोबार ?

    2.5K
    SHARES



    काठमाण्डाै। शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५.६३ अङ्कले घटेर २ हजार १ सय ३०.१८ विन्दुमा झरेको छ ।

    आज हाइड्रोपावर र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, फाइनान्स, व्यापार, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आँखु खोला जलविद्युत् र समाज लघुवित्त संस्थाको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

    आज २ करोड २८ लाख कित्ता शेयर ७ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ