• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सरकारभन्दा तस्कर चलाख छन्- भन्सार विभाग

    1K
    SHARES



    काठमाडौँ, ७ माघ : अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार भन्सार विभागले त्रिपुरेश्वरमा आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार विषयक अन्तरक्रिया कार्यक्रममा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल पत्रकारले गरेको जिज्ञासाको जानकारी दिँदै । तस्बिर : हरिराम भेटुवाल/रासस

    काठमाण्डाै। भन्सार विभागले सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी नियन्त्रण गर्न नसकेको बताएको छ ।

    आज विभागमा भएको छलफलमा महानिर्देशक शोभाकान्त पौडेलले सरकारले तस्करी नियन्त्रण गर्न विभिन्न उपाय र प्रविधिको प्रयोग गरे पनि तस्कर झन् धेरै चलाख हुँदा चोरीपैठारी नियन्त्रणमा समस्या आएको बताएका हुन् ।

    सुन तस्करी प्रकरणपछि विभागले चलाखीपूर्ण तरिकाले काम गरिरहेको तर पनि तस्करी पूर्णरूपमा रोक्न नसकेको उनले स्वीकार गरे । ‘हामीले प्रयोग गरेको उपाय र प्रविधिभन्दा सुन तस्करले नयाँ नयाँ प्रविधिको प्रयोग गरेको पाइयो, जुन देशमा कमजोरी छ, त्यही देशमै उनीहरू केन्द्रित हुने रहेछन्’, महानिर्देशक पौडेलले भने ।

    विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि भन्सारले किन थाहा नपाएको भन्ने प्रश्नमा महानिर्देशक पौडेलले सुन तस्करीमा भन्सारको मात्रै नभई विमानस्थलमा खटिने अनुसन्धानका कर्मचारी, प्रहरी प्रशासन, विमानस्थलको कर्मचारी प्रशासन लगायतको पनि कमजोरी रहेको जवाफ दिनुभयो । विश्वका विकसित देशबाट पनि सुन तस्करी भएर नेपाल आएको उदाहरण दिँदै उहाँले नेपालको भन्सार विभागलाई मात्रै खत्तम नभन्न आग्रह गरे ।

    महानिर्देशक पाैडेलले सुन तस्करी नियन्त्रणमा खुला सीमा अर्को चुनौती रहेको बताउनुभयाे । भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स-रे मेशिन खरिद आवश्यक रहेको उनले बताए । समग्र शासन प्रणाली सुधार भए भन्सार प्रणाली पनि क्रमशः सुधार हुने उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ