• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाजुराको कोल्टीका २ जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार

    1.3K
    SHARES



    काठमाण्डौ। बाजुराको पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका-२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट २ जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

    बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको डा. रञ्जित शाहले बताए ।

    खत्री र विष्टलाई तत्काल अप्रेसन गरी बच्चा झिक्नुपर्ने अवस्था रहेको हुँदा हिजो सुर्खेत पठाइएको डा. शाहको भनाइ छ । उहाँका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गरेका हुन् ।

    गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ