• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषय- बाबुराम भट्टराई

    7.7K
    SHARES



    काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।

    आज सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्-‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रुस-यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो ।’

    ‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नो अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक-सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन’ डा.भट्टराईले लेखेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ