• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    होटल स्क्वायरका संचालकविरुद्ध पक्राउ पुर्जी जारी

    2.4K
    SHARES



    काठमाडौँ । ललितपुरको होटल स्क्वायरका संचालकविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको छ ।

    ललितपुर महानगरपालिका वडा नम्बर-३ मा संचालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।

    पीडितका परिवारले दिएको जाहेरी दर्ता गरेर घटना अनुसन्धान भइरहेको ललितपुरका एसएसपी शेखर खनालले बताएका छन् । उनले भने,‘ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएका छौँ ।’

    ललितपुर जिल्ला अदालतबाट होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल र उनकी सासु ललिता भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू दुवैजना फरार रहेका छन् ।

    भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनकी बहिनी सुस्मिता शाक्यले बताइन् ।

    होटलका प्रतिनिधिहरुले प्रहरीसँग स्विमिङ पुलमा करेन्ट नफैलिएको दाबी गर्दै आएका छन् । होटल संचालकको लापरबाहीले करेन्ट फैलिएको घटनालाई ‘हर्ट अट्याएक’ बनाउन खोजिएको पीडित परिवारले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ