• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अन्तर्राष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्ने इराकी प्रधानमन्त्रीको दृढ संकल्प

    2.7K
    SHARES



    काठमाडौँ। इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले सोमबार इराकले अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्न चाहेको कुरा दोहोर्‍याएका छन् ।

    अल-सुदानीले इराकका लागि नेदरल्यान्डका राजदूत हान्स सान्डीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । नेदरल्यान्डले आगामी मे महिनाको मध्यमा उत्तरी अटलान्टिक सन्धि सङ्गठन (नेटो) मिसनको अध्यक्षता ग्रहण गर्दै छ ।

    अल-सुदानीले गठबन्धन देशहरूको अर्को मिसनमा इराकमा गठबन्धनको उपस्थिति समाप्त गर्न र इराकसँग द्विपक्षीय सुरक्षा र सैन्य सहयोगमा जानका लागि संयुक्त प्राविधिक कार्य समावेश हुनुपर्ने धारणा राखेका छन् ।

    सान्डीले बैठकमा अल-सुदानीलाई नेदरल्याण्डका समकक्षी मार्क रुटेबाट दुई देशबीच सम्भावित साझेदारीका अवसरहरू बारे छलफल गर्न नेदरल्याण्ड भ्रमण गर्न आधिकारिक निमन्त्रणा दिएका छन् ।

    नेदरल्याण्ड अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको हिस्सा हो जसलाई इस्लामिक स्टेट आतङ्कवादी समूह विरुद्धको लडाइँमा इराकी सुरक्षा बलहरूलाई प्रशिक्षण र सल्लाह दिने काम दिइएको टिप्पणी हुने गर्दछ ।

    उता- एक नागरिकलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको एक कानुनी अधिकार समूहले बताएको छ । मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो ।

    थाइल्यान्डले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद कानुनको प्रयोगलाई बढावा दिएपछि यो कीर्तिमानी सजाय धेरै वर्षपछि आएको छ । आलोचकहरूले उक्त सजायलाई असहमतिलाई मौन बनाउने रणनीति भनेका छन् ।

    उत्तरी सहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई उनको निजी फेसबुक अकाउन्टमा पोस्ट गरेको आरोपमा कूल ५० वर्षको कारागार सजाय सुनाएको छ । उनलाई सुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको हो ।

    “पुनरावेदन अदालतले मोङ्कोल थिराकोटलाई उनको २७ फेसबुक पोस्टमा ११२ का लागि २२ वर्षको सजाय सुनाएको छ, यो प्रारम्भिक अदालतले पहिला नै फैसला गरेको २८ वर्षको सजायबाहेकको हो, उहाँको कूल कारागार सजाय ५० वर्षको छ”, थाई लयर्स फर ह्युमन राइट्स (टिएलएचआर) ले विज्ञप्तिमा भनेको छ ।

    राजा महा वजिरालोङ्कोर्न र उनका निकट परिवारलाई आलोचनाबाट बचाउन सक्ने लेज-म्याजेस्टेलाई प्राय आपराधिक संहिताको प्रासङ्गिक खण्डपछि थाइल्यान्डमा ११२ भनिन्छ । टिएलएचआरका अनुसार उक्त सजाय शाही मानहानिका लागि दिइएको सबैभन्दा लामो सजाय हो । यसले सन् २०२१ मा कुनै एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायको पछिल्लो कीर्तिमानलाई तोडेको छ ।

    अनलाइन कपडा पसलका मालिक मोङ्कोललाई पहिलो पटक सन् २०२१ मा राजनीतिक बन्दीहरूको रिहाइको मागलाई लिएर भएको एउटा विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएको थियो ।

    सन् २०२० र सन् २०२१ मा युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनमा कडा लेज–म्याजेस्टे कानूनमा परिवर्तनको माग गरिएको थियो । टिएलएचआरले मोङ्कोलको सजायविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिने जनाएको छ ।

    टिएलएचआरका अनुसार सन् २०२० मा विरोध आन्दोलन सुरु भएयता दुई सय ५० भन्दा धेरै कार्यकर्तामाथि लेज-म्याजेस्टे कानूनअन्तर्गत आरोप लगाइएको छ ।

    बुधबार मुख्य आन्दोलनका नेताहरूमध्येका एक वकिल अर्नोन नम्पालाई लगाइएको चार वर्षको लेज-म्याजेस्टे सजायलाई थप ४ वर्ष बढाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ