• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    १५ लाख घुससहित वडाध्यक्ष पक्राउ

    4.6K
    SHARES

    काठमाडौँ। १५ लाख घुस रकमहित बनेपा नगरपालिका वडा नम्बर-९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन्।

    उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी गराएका छन् ।

    वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताए ।

    वादेका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, १ सय अमेरिकी डलर, हुन्डाइ आइ-१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन् ।

    दुबै जनामाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जानकारी दिएको छ । वादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ