• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उपराष्ट्रपति यादव र भारतीय राजदूतबिच लैनचौरमा भेटवार्ता

    1.1K
    SHARES



    काठमाडौँ । भारतका राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेका छन् ।

    भेटघाटका क्रममा परस्पर शुभकामना आदान-प्रदानपछि दुई मुलुकको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरू लगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो ।

    भेटमा उपराष्ट्रपति यादवले नेपाल र भारतबिच सौहार्द्रता, मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत् सम्बन्ध रहेको बताए । ‘दुई देशबिचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उनले भने, ‘नेपाल र भारतबिच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दियौँ पुरानो परम्परा छ ।’

    हालैका वर्षहरूमा नेपाल-भारत सहयोग र विकास साझेदारी, विशेष गरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘मित्रराष्ट्र भारतले सामाजिक-आर्थिक विकासमा निरन्तर प्रगति गरिरहेको र अन्तर्राष्ट्रिय शक्तिको रूपमा उदाउँदै गएकोमा हामीलाई खुसी लागेको छ । ‘जी-टू’ को सफल अध्यक्षता गरी समूहका लागि महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सकेकोमा हामी भारतलाई बधाई दिन्छौँ ।’

    छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहूड फस्ट’ नीतिले भारतले आफ्ना छिमेकी राष्ट्रहरूलाई दिएको प्राथमिकता र महत्वलाई प्रतिविम्बित गरेको बताउँदै उनले भने, ‘उच्चस्तरीय भ्रमणको आदान–प्रदानले हाम्रा दुई मुलुकबिचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’ उनले नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकको क्रममा नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हामीबिच आदानप्रदान भएका दीर्घकालीन ऊर्जा व्यापार लगायतका सम्झौताहरू हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ