काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट आफ्नै निवास बूढानीलकण्ठमा सरेका छन् ।
सभापति देउवा बुधबार आफ्नै निवासमा सरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए ।
बूढानीलकण्ठस्थित निवास मर्मत सम्भार गर्नु परेकाले देउवा भाडाको घरमा सरेका थिए । २०७८ असारमा गठबन्धनबाट सरकार बनेपछि देउवाले बूढानीलकण्ठको निवास छोडेका थिए । घर निर्माणको कार्य छ महिनामा सकिने भनिए पनि एकवर्ष बढी लागेको थियो ।
प्रतिक्रिया