• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्रीको सचिवालयका १३ कर्मचारी कटौती

    1.3K
    SHARES



    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारी कटौती गरेका छन् ।

    सचिवालयमा धेरै कर्मचारी नियुक्त गरेको टिप्पणी बढेपछी प्रधानमन्त्रीले एकैपटक १३ जना कर्मचारी कटौती गरेका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयबाट ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन्। उनिहरुलाई माघ १ गते हिजोबाट लागु हुनेगरी हटाइएको हो ।

    प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले प्रधानमन्त्रीकै निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको जानकारी गराएका छन् ।

    दरैका अनुसार यसअघि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ