• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इमाडोलको इनारमा खसिन् एक महिला

    3.1K
    SHARES



    काठमाडौँ। ललितपुरको इमाडोलमा इनारमा एक जना महिला खसेकी छन् ।

    सोमबार बिहान पौने १० बजे इमाडोल कृष्णमन्दिर पछाडि एक जना महिला खसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी गराएका छन् ।

    प्रहरीलाई बिहान ९:५० बजे उक्त घटनाबारे खबर भएको थियो । अहिले ती महिलाको उद्धार गर्ने काम भइरहेको छ ।

    प्रहरी प्रभाग इमाडोल र ललितपुरको महानगर प्रहरीको टोली पनि उद्धारका लागि खटिएको छ। प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीको टोली पनि घटनास्थल पुगेको छ । ती महिला कसरी खसेको भन्ने खुलिसकेको छैन । थप विवरण भने आउन बाँकी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ