• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जब चामलको बिलमा परिमाण र मूल्य फरक भेटियो…

    2.4K
    SHARES



    काठमाडौँ। बिलमा परिमाण र मूल्य फरक पाइएको भन्दै बाराबाट ७ हजार किलो चामल बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराको पथलैया टोलीले गरेको जाँचमा भ्याट बिल र अनलाइन (भिसिटिएस) बिलमा परिमाण र मूल्य फरक पाइएकोले चामलसहित मिनीट्रक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    विशेष सूचनाको आधारमा प्रसौनीबाट चितवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ क २२४१ नम्बरको मिनी ट्रकबाट ५ लाख ८८ हजार रुपैयाँ बराबरको चामल नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।

    पक्राउ गरिएका चामलसहित मिनि ट्रक आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ