• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता दिन्छौ- अधिवत्ता गिरी

    2K
    SHARES



    काठमाडौ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेपछि अधिवक्ता बिष्णुकुमार गिरीको चर्चा छन् ।

    अधिवत्ता गिरीले अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् ।

    उनै अधिवत्ता बिष्णु कुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेका बेला अधिवत्ता गिरीले कानुनी साक्षरता अभियानमा लागेका छन् ।

    कानुनी साक्षरता अभियान अन्र्तगत अधिवत्ता गिरीले बिभिन्न स्थानीय निकाय, बिधालय, सामुदायिक संघ संस्थाहरुमा कानून सम्बन्धी सचेतना मूलक कार्यक्रम गदै आएका छन् । बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका छन् ।

    मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिदै आएका छन् । स्थानीय तहमा रहेका न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गर्नु पर्ने पक्षमा बकालत गदै आएका अधिवत्ता गिरी जनसरोकारका बिषय भेटयो कि त्यसको कानुनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउन पुगि हाल्छन् ।

    पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता गदै आएका छन् अधिवत्ता गिरीले । अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ ।

    गिरीको मेहनत, परिश्रम, दुःख र सघर्षका ति दिनमा आफुलाइै निरन्तरता दिदै आएका उनी अहिले कानुनी क्षेत्रमा परिचित नाम हो । अधिबता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् । अधिवता गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, बिशेष नागरिक सम्मान २०७९लगायतको दजनौ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ