• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शिक्षा विधेयकमाथि छलफल गर्न संसदीय समितिमा विद्यार्थी संगठनलाई आमन्त्रण

    1.4K
    SHARES



    काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनलाई बोलाएको छ ।

    समिति सचिवालयका अनुसार आइतबार बिहान साढे ११ बजे विभिन्न विद्यार्थी संघ-संगठनहरुका अधिकारीहरुलाई आमन्त्रण गरिएको छ । छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल सिंहदरवारमा हुनेछ ।

    २७ भदौ २०८० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमाथि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । बिहीबार अभिभावक संघका अधिकारीहरुसँग छलफल गरेको थियो ।

    शिक्षक, कर्मचारी, संचालक लगायतका सरोकारवालाहरुसँग एकचरणमा छलफल गरिसकेपछि यो विधेयकमाथि छलफल गर्न विद्यार्थी संगठनलाई बोलाइएको हो ।

    सरोकारवालाहरुँगको छलफल सकेर विधेयकमा संशोधन प्रस्तव दर्ता गर्ने सांसदहरुलाई बोलाउने समितिको तयारी रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ