• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो, चार दिनपछि काठमाडौँ आइपुग्ने

    2.9K
    SHARES



    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ ।

    अहिले टनेल सफा गर्ने प्रयोजनाका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताएका छन् ।

    उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्याल्थुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिने छ । सुरूङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण रुपमा काठमाडौंका लागि पानी पठाइने उनले बताएका छन् । पनि करिव ४ दिनपछि काठमाडौँ आइपुग्ने भनिएको छ ।

    तर कति दिनमा सुरुङ सफा हुन्छ र कहिलेदेखि नियमित रुपमा पानी पठाइउन सकिन्छ भनेर अहिले नै भन्न नसिकने उनले बताएका छन् ।

    मेलम्ची नदीको माथिल्लो क्षेत्रमा भएको वर्षापछि लेदोसहितको बाढी आएकाले गत असारमा सुरुङ बन्द गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ