• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    2.4K
    SHARES

    काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

    बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए ।

    बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले सो आदेश गरेका हुन् । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।

    बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो । उनलाई पुस २४ मा काठमाडौँको प्रहरीले हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ