• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चिकित्सकको आत्मलोचना पछि केएमसीको विवाद समाधान

    1.4K
    SHARES

    काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा.विशद दाहालले आत्मलोचना गरेपछि विवाद समाधान भएको हो ।

    कलेजका तर्फबाट सहायक प्राचार्य डा.पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासिय चिकित्सकहरुका तर्फबाट प्रतिनिधित्व गर्ने डा.बिजय केसीविच सहमति भई विवाद समाधान भएको हो ।

    डा.विशद दाहालले विगतका कमीकमजोरी स्वीकार्दै आत्मलोचना गरेपछि काठमाडौं मेडिकल कलेजले उनको निलम्बन समेत फिर्ता लिएको छ । आज बसेको वार्तामा २ पक्षविच कलेजले सञ्चालन गर्ने निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र सहज रुपमा सञ्चालन गर्न समेत ८ बुँदे सहमति गरिएको छ ।

    मंगलबार शिक्षामन्त्री अशोककुमार राईले पत्र नै काटेर निलम्बित डा.विशद दाहालको निलम्बन फुकुवा गर्न कलेजलाई निर्देशन दिएका थिए । आचरण विपरित कार्य गरेको भन्दै निलम्बन गरिएका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै लागेपछि त्यसअघि सकारात्मक भएको वार्ता विथोलिएको थियो ।

    सोक्रममा कलेजका सञ्चालक डा. सुनिलकुमार शर्माले कलेजको स्वास्थ्य सेवा र शैक्षिक गतिविधि नै प्रभाव पार्ने कार्य गरेका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै उभिनु लज्जास्पद र हास्यास्पद भन्दै विशद दाहाललाई विश्वविद्यालयमै फर्काइदिने र शिक्षामन्त्रीको निर्देशनको विरुद्ध कानुनी कारवाहीमा जाने चेतावनी दिएका थिए ।

    सहमति अनुसार आवासिय चिकित्सकहरुले पुष १२ गते घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई नियमित कामकाज र अध्ययनमा फर्कने, ८१ जना आवासिय चिकित्सकले पुष ११ गते कुनैपनि स्वास्थ्य शिविरहरुमा संलग्न नहुने भनि दिएको निवेदन बदर हुने तथा कलेजले स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा संलग्न हुने भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ