• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी महेशविक्रम शाहलाई ३ वर्ष कैद सजाय

    2.8K
    SHARES



    काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजाय भएको छ । मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो ।

    विशेष अदालतले यसअघि नै भ्रष्टाचार मुद्दामा उनीसहित २ जना दोषी ठहर गरिसकेको थियो। बुधबार(आज) भने सजाय निर्धारण गरेको हो ।

    क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए ।

    शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । उक्त रकम नै बिगो र ३ वर्ष कैद सजाय हुने फैसला भएको हो ।

    यस्तै सोही प्रकरणमा पूर्व प्रहरी नायब निरीक्षक (लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद र शाहलाई नै कायम गरिएको बराबरको १६ लाख ६९ हजार ४२ रुपैयाँ जरिवाना गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ