• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा श्रीमान् र श्रीमतीले पाउने

    11.5K
    SHARES



    काठमाण्डौ। कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत श्रीमान् र श्रीमतीलाई समावेश गरेको छ ।

    अस्पताल भर्ना भइ उपचार गराएको साधारण रोगको हकमा हरेक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने कोषले जनाएको छ ।

    २०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आएको यो योजनामा आउँदो फागुन एक गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको सूचनामा उल्लेख छ ।

    यो सुविधा लिनका लागि कोषले सूचीकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ताको श्रीमान् र श्रीमतीले उपचार गराइ दाबी गर्नुपर्ने छ ।

    यस्तै, काठमाडौं महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित भएको छ ।

    कार्यपालिका बैठकको निर्णय अनुसार आजदेखि काठमाडौं महानगरपालिकाको १४औं नगरसभा बैठक सुरु हुने पर्ने हो । तर, अन्तिम समयमा आएर बैठक स्थगन भएको छ ।

    बैठक निर्धारित समयमा नहुने भएपछि २३औं कार्यपालिका बैठकले नगरसभा छलफलका लागि लैजाने भनेको ‘जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को संशोधन प्रस्तावसमेत अनिश्चित बनेको छ ।

    कार्यपालिकामा बहुमत रहेका नेपाली कांग्रेसका जनप्रतिनिधिका कारण निर्धारित मितिमा हुनुपर्ने नगरसभाको बैठक आज नहुने निश्चित भएको महानगर स्रोतले जानकारी दिएको छ ।

    तीन जना कर्मचारीले अनियमितता गरेको भन्दै मेयर बालेन्द्र शाहले निलम्बन गरेर छानबिन समिति बनाएपछि कांग्रेस निकटका जनप्रतिनिधि रुष्ट बन्दै आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ