• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु

    1.8K
    SHARES



    बाजुरा । बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको मृत्यु भएको हो ।

    हुम्लाको ताजाकोट गाउँपालिका-५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले जानकारी दिए । उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् ।

    सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको डा शाहले बताएका छन्।

    सुत्केरीपछि बुढामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकको भनाइ छ । शिशुको अवस्था भने सामान्य रहेको डा शाहले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ