• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘९५ प्रतिशत समय सरुवामै खर्च हुन्छ’

    1.3K
    SHARES



    काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आफ्नो ९५ प्रतिशत समय कर्मचारी सरुवामै खर्च हुने गरेको बताएका छन् । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले सो कुरा राखेका हुन् ।

    उनले मन्त्रालयले खास गरी सङ्घीयताको सवालमा काम गर्नुपर्ने भए पनि सरुवामै कार्यालय समय बित्ने गरेको बताएका छन् । उनले राजनीतिक दल र जनप्रतिनिधिका कारण पालिकामा पठाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने प्रवृत्ति बढेको पनि बताएका छन् ।

    रौतहट स्थित वृन्दावन नगरपालिकामा ४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको पनि सिंहले बताएका । उनले त्यहाँ जनप्रतिनिधि कै कारण प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको बताएका हुन् । उनले भने, उपसचिव पठाएको हाजिर गर्न दिइएन, शाखा अधिकृत पठायौँ हुँदैन, छैटौँ तहको जुनियर कर्मचारीलाई निमित्त दिनुपर्‍यो भन्नुभएको छ, हामीले हुँदैन भनेर रोकेका छौँ ।

    उनले ९५ प्रतिशत कर्मचारी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत जान नमान्ने गरेको पनि बताएका छन् । मेयर उपमेयरले पुरानो कामको बजेट फर्छ्यौट गर्न दबाब दिने गरेपछि कर्मचारी जान नमान्ने गरेको उनको भनाई छ ।

    स्थानीय तहमा बेरुजु बढेको र यो अवस्था रहिरहे स्थिति भयावह हुने सिंह बताउँछन् । उनले समितिलाई जानकारी गराए अनुसार स्थानीय तहमा १ देखि २५ प्रतिशत बेरुजु देखिन्छ ।

    प्रदेशले आफूखुसी कर्मचारी बढुवा र नियुक्ति गर्दा त्यसको वित्तीय भार कालान्तरमा बढ्ने सिंहको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ