• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    बङ्गलादेशको चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

    3.9K
    SHARES



    काठमाडौँ। बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ ।

    विवादास्पद चुनावमा उनले लगातार चौथो कार्यकालका लागि जिटेका हुन्। ३ सय सिटका लागि भएको चुनावमा कम्तीमा १ सय ५२ सिट जितेपछि उनले अब फेरि ५ वर्षका लागि कार्यभार सम्हाल्ने छन् ।

    हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।

    आधिकारिक नतिजा भने आज बेलुकासम्म सम्म आउने खबरमा उल्लेख छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।

    बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जितेका हुन् । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेका हसिनाको यो लगातार चौथो जित र समग्रमा पाँचौँ कार्यकाल हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया