• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्छ’

    1K
    SHARES



    काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले शिक्षणको भाषा सम्बन्धित विद्यालयको निर्णय बमोजिम गरिनुपर्ने बताएको छ ।

    आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा महासंघका प्रतिनिधिहरूले विद्यालय शिक्षा विधेयकको संशोधनको सम्बन्धमा धारणा राख्दै यस्तो बताएका हुन् ।

    उनीहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा गणित, विज्ञान र कम्प्युटर अङ्ग्रेजी भाषामा पढाउनुपर्ने उल्लेख गरिएको भन्दै सबै विद्यालयमा यो प्रावधान लागू गर्नु नहुने बताएका छन् ।

    बैठकमा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्ने कुरा अभिभावकहरूसँगको सल्लाहमा विद्यालयले टुङ्ग्याउनुपर्ने बताए ।

    उनले भाषाका कारण गणित र विज्ञानमा विद्यार्थीहरूको सिकाइ कमजोर बन्ने अवस्था आउन दिनु नहुने बताए । उनले भाषाको विषय विद्यालय स्वयंले निर्णय गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।

    त्यस्तै सरकारको अनुदानले पूर्ण रूपमा विद्यालय सञ्चालन गर्न नपुगेको अवस्थामा अभिभावकहरूसँग आर्थिक साझेदारी गर्न सकिने व्यवस्था गर्नुपर्ने पनि बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ