• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल

    2.8K
    SHARES



    काठमाडौँ। जापान एअरलाइन्सको यात्रुवाहक विमान टोकियोको हानेदा विमानस्थलमा अर्को जहाजसँग ठोकिएर आगलागी भएको छ ।

    होक्काइडोबाट आएको विमान अवतरण गर्ने क्रममा जापानी तटरक्षक विमानसँग ठोकिनेबित्तिकै ठूलो आगलागी भएको थियो ।

    आगलागीकै बीचमा जापान एअरलाइन्सको विमानमा रहेका ३ सय ७९ जना यात्रु र चालक दलका कर्मचारीको उद्धार भएको बीबीसीले जनाएको छ ।

    यस्तै जापानी तटरक्षक विमानका एक जनाको उद्धार गरिएको र पाँच जना बेपत्ता रहेका जापानी सञ्चारमाध्यमले जनाएका छन् । एक घण्टासम्म पनि अग्नि नियन्त्रकले आगो निभाउन सकेका छैनन् । अहिले हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका छन् ।

    यस्तै, सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जनाकारी अनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ ।

    यसै गरी सन् २०२२ मा निर्यातको मात्राको तुलनामा ४१ मिलियन अमेरिकी डलर (२ प्रतिशतले) वृद्धि भएको निजी टेलिभिजन च्यानल टोलोन्युजले जावादलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

    अधिकांश सामान पाकिस्तान, भारत, चीन, संयुक्त अरब इमिरेट्स, कजाकिस्तान र उज्वेकिस्तानमा निर्यात भएको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएको छ ।

    यसअघि अफगानिस्तानको कामचलाउ सरकारका उद्योग तथा वाणिज्य मन्त्री नुरुद्दीन अजीजीले अफगानिस्तानले आफ्ना उत्पादन छिमेकी राष्ट्रलगायत ६० भन्दा बढी देशमा निर्यात गर्ने बताएका थिए ।

    अफगानिस्तानका प्रमुख निर्यात हुने वस्तुहरूमा कोइला, केसर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैंचा, बहुमूल्य पत्थर धातुहरू रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ