• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मन्त्रालयमै अनसन बस्ने सांसद खड्काको घोषणा

    1.6K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् ।

    आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् ।

    रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको आरोप लगाउँदै मन्त्रालय पुगेका उनले ढिलासुस्तीप्रति तीव्र आक्रोश पोखेका छन् । सो क्रममा उनको मन्त्रीदेखि सचिवसँग चर्काचर्की परेको बताइएको हो ।

    आफ्नो काम अझैपनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उनले सञ्चारकर्मीलाई बताए ।

    ‘४ वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो । तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो’, उनले भने, ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’

    रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै उनले राजधानीमा बन्न लागेको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताए ।

    ‘सबै निकायबाट स्वीकृति भयो । कार्यविधि भएन रे । आज ४ महिना भयो पेनाल्टी तिरेको । अहिले भन्सारबाट त्यही ईआईए प्रतिवेदन नभएकाले सामान निकाल्न पाएको छैन’, उनले भने । उनले ऐन कानुन संशोधन गर्नुपर्छ भने गरिनुपर्ने भन्दै आफू सांसद पनि भएकाले सहजीकरण गर्न तयार भएको बताए ।

    उनले काम नहुने भए सबै फाइल च्यात्न तयार रहेको भन्दै नभएको काम नभएमा अनसन बसेर सरकारलाई दबाब दिने उनको चेतावनी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया