• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    जापानमा ७.६ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

    4.9K
    SHARES



    काठमाडौँ। जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

    जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठूलो सुनामी जान सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

    ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।

    इशिकावाको तटीय क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित ठाउँमा जान भनिएको छ ।

    यस्तै निगाता र तोयामा प्रान्तमा पनि सुनामीको सम्भावना रहेको भन्दै चेतावनी जारी गरिएको छ । यी प्रान्तहरूमा ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया