• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विपीनको रिहाइका लागि प्रयासरत छौँ- मन्त्रि साउद

    1.2K
    SHARES



    काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपीनजोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।

    आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको बताएका हुन् ।

    “इजरायल सरकारसँग पनि वीपिनको रिहाइका लागि पटक-पटक आग्रह गरेका छौँ”, उनले भने, “प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।” उनले दोस्रो युद्ध विराममा वीपिनको रिहाइ हुनेमा आश्वस्त पारे ।

    त्यस अवसरमा विपीनका आमाबुबाले मन्त्री साउदसँग भेटेर वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए । “कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ”, उनले भने, “पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा आशावादी छौँ ।” उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

    यस्तै, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा परराष्ट्र मन्त्री एनपी साउदको प्रशंसा गरिएको छ । नेपाली ध्वजाबाहक विमान लिएर आफैँ युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ नेपालीको उद्धार गरेको भन्दै प्रशंसा गरिएको हो ।

    उनको कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको खास वृद्धि भएको जनाएको हो । पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले निर्णयहरू सार्वजनिक गर्न आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि प्रेस विज्ञप्तिमा परराष्ट्र मन्त्री साउदको इजरायली भूमिका पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको पनि उल्लेख छ ।

    ‘हमास इजरायल युद्धमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपतमा परेका सयौं नेपाली विद्यार्थीहरूको उद्धारका लागि नेपालका परराष्ट्र मन्त्री नेपाली ध्वजावाहक विमान लिएर आफैँ युद्धग्रस्त मुलुकको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको छ ।’

    कांग्रेसले पार्टीका तर्फबाट साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको पनि जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ